
बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज हुने भएको छ । सम्भवतः आइतबार बेलुकासम्ममा मौद्रिक नीतिको समीक्षा आउन सक्ने राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले बताउनुभयो ।
राष्ट्र बैंक सञ्चालक समितिको बोर्ड बैठक आजै बोलाइएको छ । बोर्डले पास गरे आजै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरिएको छ । बोर्डले पास गरे आजै बेलुका ५ बजेसम्ममा पत्रकार सम्मेलनको आयोजना गरेर मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिनेछ ।


