Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंक र व्यापारीबीच‘प्रोपर कम्युनिकेसन’नहुँदा समस्याः गभर्नर

२०७९ मंसिर ९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र व्यापारीबीच ’प्रोपर कम्युनिकेसन’ नहुँदा समस्या भएको बताउनुभएको छ । ‘बजारलाई हामीले स्वीकार गर्नुपर्छ। कहिले रिसोर्स कम हुन्छ, कहिले बढी हुन्छ। त्यो स्वीकार गर्नुपर्छ,’ इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडीजको ४४औं वार्षिकोत्सवका अवसरमा अधिकारीले भन्नुभयो ।

चालु पुँजी मार्गदर्शनको समेत बचाउ गर्दै आलोचना गर्नुपर्ने कुनै कारण नरहेको उहाँले बताउनुभयो । उहाँले बाह्य क्षेत्र व्यवस्थापन गर्न खोज्दा वित्तीय क्षेत्रमा दबाब देखिन सुरु भएको बताउनुभयो ।

अधिकारीले बाह्य क्षेत्रलाई नियन्त्रण गर्न खोज्दा सरकारको राजस्वमा धक्का पुग्ने बताउँदै सरकारी ढुकुटीलाई व्यवस्थापन गर्न खोजे बाह्य क्षेत्र मारमा पर्ने गरेको बताउनुभयो ।

अहिलेको समस्या समाधानका लागि अर्थतन्त्रमा संरचनात्मक सुधार आवश्यक रहेको समेत उहाँले बताउनुभयो । उहाँले पछिल्लो पाँच वर्षमा कर्जाको वृद्धिदर अचाक्ली बढेको बताउँदै बर्सेनि २० प्रतिशतका दरले कर्जा विस्तार भएको बताउनुभयो । अत्यधिक कर्जा विस्तारले कर्जाको गुणस्तर घटेको पनि उहाँको भनाइ छ ।