Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कुमारी–एनसीसी बैंकबीच मर्जरका लागि १ः१ सेयर स्वाप रेसियो स्वीकृति

२०७९ मंसिर ६ गते

बैंकिङ खबर/ कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर प्रयोजनका लागि १ः१ सेयर स्वाप रेसियो निर्धारण भएको छ। दुवै बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। सोही समझदारीका आधारमा गठित संयुक्त मर्जर समितिबाट दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्न मूल्यांकनकर्ताहरु नियुक्त गरिएको थियो।

तिनै मूल्यांकनकर्ताहरुले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी दिएको प्रतिवेदनसमेतका आधारमा संयुक्त मर्जर समितिले १ः१ सेयर आदानप्रदान अनुपात निर्धारण गरी सञ्चालक समितिलाई अनुमोदन गर्न सिफारिस गरेका थिए। सोही सिफारिसलाई सञ्चालक समितिको गत मंसिर १ गते बसेको बैठकले स्वीकृत गरेको हो।