Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
निर्वाचन बिशेष

आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यक छः चन्द्र ढकाल

२०७९ मंसिर ४ गते

बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ।

आईतबार बिहान काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्नुपर्ने बताउनुभयो ।

ढकालसँगै अन्य उद्योगी व्यवसायहरुले उत्साहजनक रुपमा आ–आफ्नो मतदान केन्द्र पुगेर भोट खसालेका छन् । आईतवार बिहान ७ बजेबाट देशभर एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन भइरहेको छ ।