
बैंकिङ खबर/सहकारीले अस्वाभाविक लाभांशको होडबाजी गर्ने गरेको पाइएको छ । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले सहकारीबीच बढी लाभांश वितरणको होडबाजी चलेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सहकारी ऐन २०७४ मा सहकारीले १८ प्रतिशतसम्म लाभांश दिन पाउने व्यवस्था छ । तर, अहिले सहकारी चरम संकटमा रहे पनि लाभांश वितरण घोषणा गरेका हुन् ।
‘अहिले थुप्रै संस्था मर्जरमा जान थालेका छन्, धेरैमा लाभांश वितरणमा होडवाजी पनि चलेको छ’ सुब्बाले भन्नुभयो, ‘ऐनले १८ प्रतिशतसम्म लाभांश वितरण दिन सक्ने व्यवस्था गरे पनि जतिसक्दो बढी दिने होडबाजी सुरु भएको छ। यो अन्त्य हुनुपर्छ ।’
बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भएकै कारण सहकारी क्षेत्रको रकम बैंकमा जान थालेको उहाँले बताउनुभयो । सहकारीमा स्वनियमन र सुशासनको कमी हुँदा भद्रगोल अवस्था देखिएको छ।


