Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
निर्वाचन बिशेष

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रः डिजिटल मुद्रालाई वैधानिकता(पूर्णपाठ)

२०७९ कार्तिक १७ गते

बैंकिङ खबर/ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि वाचा पत्र नाम दिएर घोषणा पत्र ल्याएको छ। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमा पार्टी सभापति लामिछानेसहितले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । उक्त घोषणा पत्रमा बैंकिङ र बीमाको सुदृढ संयन्त्र निर्माण गरिने उक्त पार्टीले जनाएको छ। वित्तीय क्षेत्रमा आधुनिक साधनको प्रयोग गर्दै त्यसमार्फत प्राप्त हुने सुरक्षाको उपयोगिता सहज बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

नेपाली जनतालाई विकास परियोजनामा सहभागी गराउन र आर्थिक टेवा दिन पालिका बन्ड, डेरिभेटिभ मार्केटको अवधारणा ल्याइएको छ। देशभित्र र नेपाली नागरिकले खरिद गर्न नपाउने गरी डिजिटल मुद्रा माइनिङलाई वैधानिकता दिइने जनाइएको छ।

बीमा उद्योगलाई आधुनिकीकरण गर्न बीमा एकेडेमी बनाइने, बैंकिङ कारोबारका गतिविधि, कारोबारमा प्रयोग हुने भौतिक तथा डिजिटल साधनको डेटा सुरक्षित गर्न कडा र स्पष्ट डिजिटल सेक्युरिटी प्रावधानसहितको कानुन बनाइने उल्लेख छ।