Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
निर्वाचन बिशेष

एमाले घोषणापत्रः पाँच वर्षमा आर्थिक वृद्धिदर दुई अंकमा पुर्‍याउने(पूर्णपाठसहित)

२०७९ कार्तिक १५ गते

बैंकिङ खबर/ नेकपा एमालेले देशको अर्थतन्त्रलाई विश्वको उदयीमान अर्थतन्त्र बनाइने प्रतिवद्धता जनाएको छ । मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै एमालेले त्यसका लागि प्रारम्भमा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने जनाएको छ ।

एमालेको घोषणापत्रमा भनिएको छ, ‘प्रारम्भमा सात प्रतिशतको आर्थिक वद्धिदर हासिल गर्दै आगामी पाँच वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँद यसलाई दुई अङ्कमा पुर्‍याइनेछ । नेपाली अर्थतन्त्रलाई विश्वको उदयीमान अर्थतन्त्र बनाइने छ ।’

हालको करिव रू ४८ खर्बको कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई आगामी पाँच वर्षभित्र १०० खर्ब रुपैयाँ पुऱ्याइने छ । पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २ हजार ४ सय पुऱ्याइने एमालेको प्रतिवद्धता छ ।