Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्रतापपुर गाउँपालिका अध्यक्षका उम्मेदवारसहित राजपुरका दर्जनौं नेता कांग्रेसमा प्रवेश

२०७९ कार्तिक १३ गते


काठमाडौं । जनता प्रगतिशिल पार्टी नेपाल(जप्रपा)का युवा नेता करमहुसेन अन्सारी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले घात गरी चुनाव हराएको भन्दै उहाँ हालै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

स्थानीय निर्वाचनमा उहाँ जनता प्रगतिशिल पार्टी नेपालको तर्फबाट प्रतापपुर गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । तर आफ्नो उम्मेदवारको विरुद्धमा पार्टीकै जिम्मेवार नेताहरुले संयन्त्र र अन्तरघात गरेर हराएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी अध्यक्षलाई थाहा हुँदा–हुँदै पनि उहाँको निर्देशनमा अन्तरघात भयो । अध्यक्ष ज्यूलाई सबै कुरा थाहा छ ।’ उहाँसँगै थुप्रै पार्टी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोही पार्टीका हृदयेश त्रिपाठीलाई हराउने अभियान उनीहरुले सुरु गरेका छन् । ‘पार्टीको नीति कार्यक्रम केहि छैन । एउटा प्राइभेट लिमिटेड सरह चलिरहेको छ’ उहाँले भन्नुभयो’ त्यसैले मैले पार्टी छोडे ।’