
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले रिपोमार्फत बजारमा तरलता पठाउने भएको छ । राष्ट्र बैंकले बिहीबार रिपो मार्फत बजारमा २० अर्ब रुपैयाँ तरलता पठाउने भएको हो ।
१४ दिन अवधिको उक्त रिपोमा बैंकहरुले न्यूनतम १० करोड र बढीमा अक्सन हुने रकमसम्म ५ करोडले भाग गर्दा भाग जाने रकममा गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले यसअघि ३० अर्बको रिपो र २५ अर्बको ओभरनाइट पर्चेज मार्फत बैंकमा तरलता पठाइसकेको छ । यस्तै स्थायी तरलता सुविधा (एसएलएफ) र ओभरनाइट रिपोमार्फत २१ भदौसम्म १४ खर्ब ५० अर्ब ८० करोड ३० लाख रुपैयाँ गरी चालु आर्थिक वर्षमा १५ खर्ब ५ अर्ब ८० करोड ३० लाख रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाएको केन्द्रीय बैंकले जनाएको छ ।
जसमध्ये २१ भदौसम्म बैंकहरुले भुक्तानी गर्नुपर्ने रकम भने ओभरनाइट रिपो र एसएलएफमार्फत १ खर्ब ६४ अर्ब ७८ करोड ५ लाख रुपैयाँ रहेको छ ।



