
बैंकिङ खबर/ पछिल्लो समय सहकारीहरु दिन प्रतिदिन समस्याग्रस्त भएका समाचारहरु बाहिर आउन थालेका छन् । यसैबीच ललितपुरको कुमारीपाटीमा कार्यालय रहेको स्टार बचत तथा ऋण सहकारीले पनि बचतकर्ताको बचत सहज रुपमा फिर्ता नगरेको पाइएको छ ।
गएको भदौं पहिलो सातादेखि सहकारीमा समस्या आएको कारण सहज रुपमा बचत फिर्ता गर्न नसकेको एक कर्मचारीले बताए ।
उनका अनुसार हरेक दिन बिहान १० बजेबाट पैसा झिक्न सकिन्छ भने १२ बजेपछि पैसा झिक्न पाइदैन । अन्य कारोबार भने ४ बजेसम्म नै खुल्ला हुने गरेको छ ।
कर्मचारीका अनुसार यही दशैँसम्म कारोबार सहज हुने सम्भावना छैन । पछिल्लो समय तरलता (पैसाको जोहो) अभावका कारण यो अवस्था आएको हो ।



