Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ट्रेजरी बिल : बैंक, वित्तीय संस्थाहरुले नै गरे नवीकरण

२०७९ भाद्र १५ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको ट्रेजरी बिल बैंक, वित्तीय संस्थाहरुले नै नवीकरण गरेका छन्। गत सोमबार बोलकबोलमा ल्याइएको कुल ३ अर्ब १३ करोडको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नै खरिद गरेका हुन्।

२८ दिने उक्त ट्रेजरी खरिदका लागि २० बैंक तथा वित्तीय संस्थाले १०२ वटा आवेदनमार्फत ९ अर्ब ६९ करोड ५० लाख रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। राष्ट्र बैंकले न्यूनतम ८.८९३४ प्रतिशत, अधिकतम ९.३००१ प्रतिशत र औसत ९.०९०४ प्रतिशत ब्याजदरमा बैंकहरुले नै ट्रेजरी बिल स्वीकार गरेको जानकारी दिएको छ।