Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पछिल्लो छपाइका सबै सिक्कामा चुच्चे नक्सा छः राष्ट्र बैंक

२०७९ भाद्र १३ गते

बैंकिङ खबर/ राष्ट्र बैंकले पछिल्लो छपाइका सबै सिक्काहरुमा चुच्चे नक्सा रहेको बताएका छ । गत वर्ष मंसिर पुसदेखि बजारमा आएका पछिल्लो छपाइका सिक्काहरुमा चुच्चे नक्सा रहेको राष्ट्र बैंकले बताएको हो।

त्यही समयका केही सिक्काहरु अझै बजारमा आउने क्रममा छन्। ती सबै सिक्काहरुमा नेपालको पछिल्लोपटक सार्वजनिक गरिएको नक्सा नै रहेको राष्ट्र बैंकले जनाएको छ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सिक्काबाट चुच्चे नक्सा हटाइएको आरोप लगाउनुभएको थियो ।

रवीन्द्र मिश्रसँगको आइतबार भएको भेटमा ओलीले चुच्ने नक्सा भएको सिक्का उपहार दिनुभएको थियो । सोही क्रममा उनले पछिल्लो समय चुच्ने नक्सा नराखिएको आरोप लगाउनुभएको थियो ।