
काशिनाथ गौतम
नेपाल राष्ट्र बैैंक बाट “घ” वर्गको इजाजत प्राप्त गरी स्थापना भएका लघुवित्त वित्तीय संस्थाहरु २०७८ चैत सम्मको तथ्याङ्क हेर्ने हो भने पनि ६५ लघुवित्त संस्था सञ्चालनमा रहेका छन् ।
आफ्नो कुल शाखा ५०२० मार्फत ७७ जिल्लामा आफ्नो सेवा विस्तार गरिरहेका छन् । जसमध्ये हाल लघुवित्तमा ५७ लाख सदस्य आबद्ध रहेर सेवा लिइरहेका छन् भने ३२ लाख ऋणी सदस्य रहेका छन् । सेवा सरल र सहज बनाउन विपन्न परिवारको घरघरमा गरी हाल २३ हजार कर्मचारी लघुवित्त संस्थामा आबद्ध भएर कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
विभिन्न कालखण्ड पार गर्दै विभिन्न आरोह अवरोह पार गर्दै आजका दिन सम्म ७७ जिल्लामा आफ्ना सदस्य वर्गलाई सेवा सुविधा उपलब्ध गराउँदै आएको अवस्थामा कहिले भुकम्प, बाढीपहिरो, कोरोना पछिको लकडाउनले पनि यस क्षेत्रलाई नराम्रोसँग प्रभावित गराउँदै आएको छ ।
त्यस्तो विषम परिस्थिति चुनौतीका बिचमा लघुवित्तले आफ्नो सेवा कहिलै पनि रोकेनन् । तर पछिल्लो समय केही अराजक व्यक्ति समुहले आफ्नो स्वार्थ पूर्तिका लागि वैधानिक रुपमा चलेका संस्थालाई चुनौती दिनुले पक्कै पनि राम्रो संकेत होइन ।
अहिले फिल्ड लेबलमा काम गर्ने कर्मचारीहरुलाई फिल्डमा गई काम गर्न असहज बन्दै गएको छ । लामो समय कारोना भाइरस र त्यसपछिको लकडाउनले सबैतिर भद्रगोल बनाएको छ । यस्तो विषम परिस्थितिमा पनि आफ्नो सेवा विस्तार गरि नै रहे तथापि अहिले केही खराब व्यक्ति तथा समुहको कारण समग्र लघुवित्त क्षेत्रलाई बदनाम गर्दै हिँडेका छन् ।
नेपाल सरकारबाट वैधानिक रुपमा दर्ता भई सञ्चालित लघुवित्त संस्थाहरुलाई एउटा गिरोहले गलत अर्थ लगाएर खारेजी गर्नुपर्छ भन्नु कहाँ सम्मको मुर्खता हो । जहाँ विकट दुरदराजमा गएर असहय, भूमिहीन, गरिब, विपन्न घर परिवारलाई थोरै-थोरै बचत गर्न सिकाई उनीहरुलाई केही गर्न उत्प्रेरित गरी आत्मनिर्भर बनाएर स्वावलम्बी भई आफ्नो दैनिकी चलाएका कयौं उदाहरण छन् ।
अहिले यसै संस्था मार्फतबाट पनि हजारौँले रोजगारी पाईरहेका छन् भने अर्का तर्फ हजारौँले कर्जा लिएर व्यवसाय सञ्चालन गरी आम्दानी गरी आफ्ना बालबच्चा पढाई समाजमा सफल भएका उदाहरण कयौं छन् । यस तर्फ कसैको ध्यान जान सकेनन् ।
तर समाजमा बसेर एक खराब आचरण भएका व्यक्ति धेरै जनाको सदस्यको एकै व्यक्तिले ऋण चलाएर हिड्ने प्रवृत्ति बढ्दै गएको छ ति तिनै व्यक्तिले यस्ता उच्छृंखल क्रियाकलाप गर्दै हिँडेर संस्थाको वैधानिकता माथि नै प्रश्न चिन्ह खडा गरेका छन् ।
ती त्यस्ता व्यक्तिले आफ्नो स्वार्थको लागि अरु व्यक्तिलाई प्रयोग गर्दै हिँडेका छन् । एउटा नेपाली उखान छ “नाच्न नजान्ने आँगन टेडो” भने जस्तै हाम्रो समाजमा विकृती विसङ्गती ल्याउने र आफुले अकुत सम्पत्ती कुल्याउँदै हिँडेका धेरै उदाहरण छन् गाउँका सोझा साझा महिलालाई हातमा लिएर आफ्नो स्वार्थ पुरा गरिरहेका छन् त्यसैले यी यस्ता मानिससँग समयमा सजग भएकै राम्रो हुन्छ ।
पछिल्लो समय आफुलाई केही चित्त नबुझे आन्दोलन गर्ने तोडफोड गरिहाल्ने प्रवृत्ति बढ्दै गएको छ । त्यससँग नबुझी राष्ट्रिय समाचार बन्नु विस्तारै त्यसलाई राजनीतिकरण गरिनु र जनताको प्रतिनिधिले संंसद जस्तो गरिमामय सदनमा सभासदले नबुझी त्यसको खण्डन गर्नुले यी यस्ता क्रियाकलापले प्रसय पाउँदा झन पछि झन बढ्दै गएका छन् ।
विभिन्न आन्दोलन तोडफोडले गर्दा उद्योग, व्यवसाय, संस्था दिनप्रति दिन कमजोर भई धरासायी बनेको उदाहरण हामी सामु नै छ । बढ्दै गरेको बेरोजगारीले देश आक्रान्त पारिरहेको छ देशमा झनझन गरिबी बढ्दै गईरेहेको छ देशमा भएका उद्योगधन्दा संस्था बन्द गराएर हामीले कस्तो व्यवस्था ल्याउन खोजेका हौँ ? के हामी आन्दोलन तोडफोड गरेर मात्र सक्षम र सबल बन्छौं ? किन हामी अराजग बन्दै गइरहेका छौं ? यसरी आन्दोलन तोडफोडले हाम्रो छवि अन्तर्राष्ट्रिय स्तरमा कस्तो प्रभाव पार्ला र त्यस्ले हामी नेपालीको छवि कसरी राम्रो बनाउन सकिएला ।
लोकतन्त्रमा सबै नागरिकलाई बोल्न आफ्ना कुरा सम्बन्धित ठाउँमा राख्न अधिकार दिएको छ तर आफ्ना कुरा राख्ने नाउँमा कुनै संस्था माथि नै जाइलाग्नु र व्यवस्था नै परिवर्तन गर्न आन्दोलन गर्नु किमाथ सहि मान्न सकिन्न । भोलिका दिनमा कुनै व्यक्ति, व्यवसायी, संस्थाले राज्यलाई कर तिर्दिन भन्दै आन्दोलन गर्दै हिँड्यौं भने के हुन्छ ? त्यसले हाम्रो अर्थव्यवस्था माथि कस्तो असर पर्ला ? यसले कसैको भलाई गर्दैन् ।
विभिन्न नारा दिएर केही व्यक्तिहरुले अवैधानिक रुपमा पैसा उठाउँदै हिँडेका छन् । के यो राज्यले रसिद लिएर जथाभावी पैसा असुल्न छुट दिएकै हो ? होइन भने के कति कुन आधार मा अहिले उनीहरु गरिब विपन्न परिवारबाट पैसा असुलिरहेका छन् । कहाँ दर्ता भएर सञ्चालन भएका छन् ।
गुन्डागर्दी शैलीमा पैसा असुल्न कुन निकायले स्वीकृत दियो ? कहाँ बाट सञ्चालित छन् ? यस तर्फ नेपाल राष्ट्र बैंक नेपाल सरकार चनाखो हुन जरुरी छ । अराजग प्रवृत्ति भएका व्यक्तिलाई समयमा नै कारबाहीको दायरामा ल्याउनु जरुरी छ होइन भने भविष्यमा यि यस्ता व्यक्तिले समाज र देशमा ठूलो दुर्घटना ल्याउने र वित्तीय संकट हुने निश्चित जस्तै छ ।




