Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

शोधनान्तर स्थितिमा सुधार(पूर्णपाठसहित)

२०७९ श्रावण ३१ गते

बैंकिङ खबर/ रेमिटेन्सका कारण समग्र शोधनान्तर स्थितिमा सुधार देखिएको छ। पछिल्लो दुई महिना शोधनान्तर स्थिति सुधारउन्मुख देखिएको छ। पछिल्लो दुई महिनामा शोधनान्तर घाटा ३३ अर्ब २४ करोड रुपैयाँले घटेको छ।

राष्ट्र बैंकले मंगलबार गत आर्थिक वर्षको आर्थिक सूचकहरु सार्वजनिक गर्दै शोधनान्तर घाटा २ खर्ब ८८ अर्ब ५० करोडको ऐतिहासिक तहबाट बिस्तारै कम हुँदै गएको जनाएको छ।

वैशाखमा २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँ घाटा भएको शोधनान्तर जेठमा १८ अर्ब ६९ अर्बले घटेर २ खर्ब ६९ अर्ब ८१ करोडमा आएको थियो। जेठको भन्दा असारमा १४ अर्ब ५५ करोडले घटेको छ।

शोधनान्तर घाटा कम हुनुमा आयातको भने योगदान छैन। सरकारले १० बस्तुको आयातमा प्रतिबन्ध लगाएको छ भने ३५० बस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था छ। यति हुँदा पनि आयात कटौती भएको छैन।

असार महिनामा मात्रै एक खर्ब ५७ अर्ब २३ करोड रुपैयाँको आयात भएको छ। वर्षभरीमा कुल आयात १९ खर्ब २० अर्ब रुपैयाँको भएको छ। व्यापार घाटा नै १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ।

विदेशी मुद्राको सञ्चिति (नेपाली रुपैयाँ) मा पनि सुधार देखिएको छ। गत वैशाखसम्म निरन्तर घटेको सञ्चिति जेठ र असारमा आउर सुधार भएको हो। जेठमा २९ अर्ब ९६ करोड रुपैयाँले बढेको थियो भने असारमा ३८ अर्ब ९६ करोड रुपैयाँले बढेको छ।