Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्वारा यस रेमिट प्रालिको इजाजतपत्र रद्द

२०७९ श्रावण २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले यस रेमिट प्रालिको इजाजतपत्र रद्द गरेको छ। काठमाडौंको लैनचौरमा रहेको कम्पनीको लाइसेन्स खारेज गरिएको हो।

विप्रेषणसम्बन्धी कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र रद्द गरिपाउँ भनी कम्पनीले नै निवेदन दिएको थियो। कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघरसंस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागलाई जानकारी गराउन भनिएको छ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा विप्रेषणसम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेण्टी समेत फुकुवा भई जाने छ।