Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषित गर्न सिफारिस(विज्ञप्तिसहित)

२०७९ श्रावण १९ गते

बैंकिङ खबर/ सहकारी विभागले कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषित गर्न भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सिफारिस गरेको छ। बिहीबार विभागले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको हो।

सहकारी ऐनको दफा १०४ (१) को प्राबधान बमोजिम गौतमश्रीलाई समस्याग्रस्त घोषणा गर्नका लागि सिफारिस गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ११ सय भन्दा बढी बढी पीडित बचतकर्ताले एक अर्ब ७५ करोड भन्दा बढीको माग दावी सहित विभागमा उजुरी गरेका छन्।

विभागका अनुसार गौतम सहित सन्चालक तथा व्यवस्थापक कर्मचारीहरुलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिनुहुन भनी लिखित रुपमा अनुरोध गरी पठाइएकोमा उक्त संस्थाका कुनैपनि संचालक तथा कर्मचारीहरुलाई हालसम्म पनि विभागको सम्पर्कमा नल्याईएको तथा संस्थाको अध्यक्ष, सन्चालक र कर्मचारीहरु कुनै पनि सम्पर्कमा नआएको विज्ञप्तिम उल्लेख छ।