Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अवैधानिक पैसा नियन्त्रण गर्ने जिम्मेवारी बैंक सञ्चालक समितिले लिनुपर्ने

२०७९ श्रावण १८ गते

बैंकिङ खबर/ अब अवैधानिक पैसा नियन्त्रण गर्ने जिम्मेवारी बैंकको सञ्चालक समितिले लिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै त्यसको नियमित अनुगमन गर्ने जिम्मेवारी सञ्चालक समितिको हुने बताएको हो।

निर्देशनमा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्नका लागि संस्थाले सम्पादन गर्नुपर्ने कार्यहरु जोखिमका आधारमा सम्पादन हुने गरी सञ्चालक समितिबाट वार्षिक बजेट तथा कार्यक्रम तय गर्नुपर्नेछ। सोको प्रभावकारी कार्यान्वयन भए÷नभएको सुनिश्चित गर्ने संयन्त्र तयार गर्ने तथा नियमित अनुगमन गर्ने जिम्मेवारी समितिको हुनेछ।’