Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गौतमश्री बहुउदेशीय सहकारीका सञ्चालक फरार, एभरेस्ट बैंकले टाँस्यो सूचना !

२०७९ श्रावण १३ गते

बैंकिङ खबर/ काठमाडौंस्थित गौतमश्री बहुउदेशीय सहकारीका सञ्चालक बचकर्ताको रकम फिर्ता नगरी फरार भएका छन् । पैसा लिएर कार्यालय नै बन्द गरी फरार भएपछि  पीडितहरु सहकारी विभागमा पुगेका छन् । यता सहकारीमा एभरेस्ट बैंकले सूचना टाँस गरेको छ । सहकारीका बचतकर्ताको रकम फिर्ता नगरी सहकारीको अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट लगायत सञ्चालक व्यवस्थापक फरार भएका हुन् ।

सञ्चालक नै फरार भएपछि बचतकर्ताहरु विभागमा आएको विभागका उप–रजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिए । उनले पीडितहरु गुनासो लिएर आएपछि विभागले सहकारीको अवस्था के हो, सहकारीको चल–अचल सम्पत्ति के कति छन्, विभागको अनुमतिविना नखोल्नु भनेर प्रहरी प्रधान कार्यलयलाई पत्राचार गरको बताए ।

सहकारीले २५ हजारभन्दा बढी बचतकर्ताबाट बचत रकम संकलन गरेको बताइएको छ । बचतकर्ताले पटक–पटक रकम फिर्ता गर्न माग गर्दा पनि नदिएको गुनासो पीडितहरुको रहेको सहकारी विभागले जनाएको छ । सहकारीको कार्यलय रहेको कुलेश्वरस्थित भवनमा एभरेष्ट बैंकले सूचना टाँस गरेको छ ।