
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ठूला ऋणीको कर्जा अनुगमन प्रभावकारी बनाउने भएको छ । आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंककले यस्तो घोषणा गरेको हो ।
यसका लागि लार्ज एक्सोजर फ्रेम वर्क तयार गरिने राष्ट्र बैंककमा गर्भनर महाप्रसाद अधिकारीले बताउनुभयो । ठूला ऋणीको कर्जा अनुगमन थप प्रभावकारी बनाउने पनि उहाँले बताउनुभयो ।


