
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले नोट छापेर पुनर्कर्जा उपलब्ध गराएको पैसा फिर्ता लिने भएको छ। लकडाउनका बीचमा आएको मौद्रिक नीतिले पुनर्कर्जा कोषमा भएको रकमभन्दा ५ गुणा बढी पुनर्कर्जा उपलब्ध गराएको थियो।
कोषमा भएको भन्दा बढी रकम लगानी गर्नु भनेको पैसा छापेर उपलब्ध गराउनु सरह हो। अब भने राष्ट्र बैंक त्यसबाट पछाडि फर्किएको छ।
राष्ट्र बैंकले अब कोषमा जति छ त्यति मात्र पुनर्कर्जा उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले पुनर्कर्जा सुविधालाई क्रमशस् कम गर्दै २०८१ असार मसान्तसम्ममा सम्बन्धित कोषको मौज्दात बराब हुने गरी उपलब्ध गराउने घोषणा गरेको छ।
राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा प्रभावित कर्जालाई पुनर्कर्जा सुविधा उपलब्ध गराउने गरी निरन्तरता भने दिइने भएको छ।




