Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

संसदमा उठ्यो गभर्नर विवादको विषयः राजीनामा दिन आग्रह

२०७९ श्रावण ४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादको विषय प्रतिनिधिसभा बैठकमा पनि उठेको छ । प्रतिनिधिसभा सदस्य दिल कुमारी शाहले गभर्नर अधिकारीलाई पदबाट राजीनामा दिएर नेकपा(एमाले) को संगठनमा लाग्न आग्रह गर्नुभएको छ ।

‘राष्ट्र बैंकको गभर्नरलाई कानून र नैतिकताको प्रश्न उठ्न बित्तिकै राजीनामा दिएर एमाले पार्टीका संगठन बनाउन सहयोग गरे राम्रो हुन्थ्यो,’ उहाँले भन्नुभयो ।

नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपनि) मा अर्थ तथा योजना विभाग सदस्यमा ‘एम. अधिकारी, खोटाङ’ को नाम देखिएपछि उहाँ विवादमा मुछिनुभएको छ ।

घनश्याम भूसालले नेतृत्व गरेको ११ सदस्यीय अर्थ तथा योजना विभागमा योगेन्द्रबहादुर शाही सचिव हुनुहुन्छ । एम अधिकारीसहित प्रा. डा. रामचन्द्र आचार्य, डा. रामचन्द्र भट्टराई, देउकाजी गुरुङ, केशरबहादुर साउद, डिल्ली उप्रेती, प्रा।डा। महेश दाहाल, तिलचन्द्र भट्टराई र गोपाल खनाल सदस्य हुनुहुन्छ । गभर्नर अधिकारी विवादमा मुछिएपछि राजीनामा दिन चौतर्फी दवाव पर्न थालेको छ ।