
बैंकिङ खबर/ गभर्नर महाप्रसाद अधिकारीविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग वाईसीएलले गभर्नर अधिकारीले आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई कसुर गरेको गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएको हो ।
नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुनेछैन भन्ने व्यवस्थाको प्रतिकूल हुने गरी गभर्नर पदमा बहाल रहेकाले नेपाल राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको तथा राज्यलाई गम्भीर हानी नोक्सानी पुग्ने खतरा देखिएकाले आवश्यक छानबिन गरी भ्रष्टाचार कसुरमा कारबाही गर्न उजुरीमा माग गरिएको छ ।


