Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बढ्यो विदेशी मुद्राको सञ्चिति, एक महिनामा १७ करोड डलरले बढ्यो

२०७९ असार २७ गते

बैंकिङ खबर/ विदेशी मुद्राको सञ्चिति जेठ महिनामा बढेको छ । चालु आर्थिक वर्षको बैशाखको तुलनामा जेठमा १७ करोड अमेरिकी डलरले विदेशी मुद्राको सञ्चिति बढेको छ । ०७९ बैशाख मसान्तसम्म ९ अर्ब २८ बरोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति जेठ मसान्तमा ९ अर्ब ४५ करोड डलर पुगेको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

आयातमा गरिएको कडाइ, रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, बैदेशिक अनुदान र ऋणमा वृद्धि भएपछि विदेशी मुद्राको सञ्चिति बढेको हो ।
विदेशी मुद्राको सञ्चिति बढेसँगै देशको भुक्तानी सन्तुलन (देश भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) मा पनि सुधार देखिएको छ । बैशाखमा २ खर्ब ८८ अर्ब रुपैयाँले ऋणत्मक रहेको भुक्तानी सन्तुलन जेठमा २ खर्ब ६९ अर्ब रुपैयाँले ऋणात्मक छ ।