Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘जीटूजी’ मार्फत मल ल्याउन कृषि कम्पनीलाई राष्ट्र बैंकको सहजीकरण

२०७९ असार २४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ‘जीटूजी’ मार्फत सरकारले खरिद गर्न लागेको रासायनिक मल आयात गर्न परिवर्त्य विदेशी मुद्रामा एलसी खोल्ने बाटो खोलिदिएको छ । विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

नेपाल र भारतबीच ‘जीटूजी’ माध्यमबाट मल खरिद सम्झौता भइसकेको छ । यसरी खरिद सम्झौता गरेर नेपाले ल्याउन तयारी गरेको मल सरकारी संस्थान कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्नका लागि राष्ट्र बैंकले परिवर्त्य विदेशी मुद्रामा मल आायत गर्न बाटो खोलेको हो । ‘कृषि सामग्री कम्पनी लिमिटेडले ‘जीटूजी’ खरिद व्यवस्था अन्तर्गत भारत सरकार वा भारत सरकारको सार्वजनिक निकायसँग परिपत्रमार्फत रासायनिक मल खरिद गर्दा परिवर्त्य विदेशी मुद्रामा समेत भुक्तानी गर्न सकिनेछ,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ ।