Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

काम नलाग्ने नोट नष्ट गर्न पोखरामा बिएसबिएस मेसिन

२०७९ असार १७ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) मेसिन सञ्चालनमा ल्याएको छ । मेसिन सञ्चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहकाबीच शुभारम्भ गर्नुभयो । यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकामा अब भने बिएसबिएस मेसिनका माध्यमबाट नोट नष्ट गरिनेछ । नष्ट गरिएका नोटबाट ब्रिकेट उत्पादन हुने जनाइएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे मेसिनका कारण वातावरणीय प्रदूषणमा पनि राहत पुग्ने बताउनुभयो । बैंकको कार्यलाई आधुनिक एवं प्रविधियुक्त बनाउनका लागि बिएसबिएस मेसिनको प्रयोग उपयोगी बन्ने उहाँले बताउनुभयो । यसअघि प्रचलनमा आउन अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकामा बिएसबिएस मेसिनको प्रयोगबाट त्यसलाई ससाना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने जानकारी दिइएको थियो ।