Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी विकास बोर्डको सञ्चालक हुन नक्कली शैक्षिक प्रमाणपत्र

२०७९ असार १४ गते

बैंकिङ खबर/ राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक हुन नक्कली शैक्षिक प्रमाणपत्र बनाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने माधव तिम्सिना रहेका छन् ।

सहकारी क्षेत्रमा क्रियाशील उनले बोर्डको सदस्य हुन स्नातोकोत्तर गरेको शैक्षिक प्रमाणपत्र चाहिने भएकाले पाटन बहुमुखी क्याम्पसमा अध्ययन गरेको चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट किर्ते गरी बनाएर पेश गरेका थिए । तिम्सिनालाई मंगलबार ललितपुरको थसिखेलबाट पक्राउ गरी सम्वन्धित कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।