
बैंकिङ खबर/ नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो ।
- Internet Lease Line Tariff
|
Existing Tariffs per Month per Mbps(NRs) |
New Tariffs per Mbps (NRs) |
|
|
Bandwidth |
per Month |
Monthly |
|
1-20 Mbps |
2500 |
1600 |
|
21-50 Mbps |
2300 |
1600 |
|
51-100 Mbps |
2100 |
1500 |
|
>100 Mbps |
1900 |
1500 |
- Intranet Lease Line Tariff
|
Bandwidth |
Existing Tariffs per Mbps (NRs) per month |
New Tariffs per Mbps(NRs) per month |
|
1-10 Mbps |
2700 |
2400 |
|
11-100Mbps |
2400 |
2100 |
|
>100Mbps |
2100 |
1800 |
इन्टरनेटलिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले रु. २,५०० रहेकोमा अब रु. १,६०० मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि रु. २,३०० बाट घटाएर रु. १,६०० नै कायम गरिएको छ । ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः रु. २,१०० र रु. १,९०० रहेकोमा अब दुवैको महशुल दर रु. १,५०० कायम गरिएको छ ।
इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल रु. २,७०० रहेकोमा अब रु. २,४००, ११ देखि १०० एमबीपीएसको रु. २,४०० रहेकोमा अब रु. २,१०० र १०० एमबीपीएस भन्दा बढीको रु. २,१०० रहेकोमा अब रु. १,८०० कायम गरिएको छ ।
नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहने जनाइएको छ ।




