
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ८० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । उक्त ८० करोड रुपैयाँ मध्ये वाणिज्य बैंकमा ६४ करोड, ‘ख’ वर्गका विकास बैंकमा १२ करोड र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ४ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले आफुले लिन चाहेको रकम र मुद्दती निक्षेपमा लिनका लागि ब्याजदर समेत प्रस्ताव गरेर पठाउन भनेको छ । राष्ट्र बैंकले ८० करोड रुपैयाँ असार २२ देखि २०८० असार २० गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । यसका लागि राष्ट्र बैंकले विभिन्न शर्त राखेको छ । पैसा निक्षेपमा लिन उक्त शर्त पुरा गरेको हुनुपर्नेछ ।



