Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले २२ करोड ३२ लाख मुद्दति निक्षेपमा राख्ने

२०७९ जेष्ठ ११ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेका २२ करोड ३२ लाख रुपैयाँ रहेको पैसा मुद्दनि निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकमा १७ करोड ८७ लाख, राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ३४ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ११ लाख रुपैयाँ राख्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाले आफुले लिन चाहेको रकमको लागि ब्याजदर प्रस्ताव गर्न भनिएको छ । असार १ देखि २०८० जेट ३२ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राख्न खोजेको हो । १९ गते राती १२ बजेभित्र बैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम खुलाई ब्याजदर प्रस्ताव गर्नुपर्नेछ ।