
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आरटीजीएस कारोबार समयावधिमा संशोधन गरेको छ। केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना जारी गर्दै आटीजीएस कारोबार समयावधिमा गरिएको संशोधनका विषयमा जानकारी गराएको हो। आरटीजीएस सिस्टम रुल, २०१९ को अनुसूची–६ मा संशोधन गरिएको हो।
अब संशोधित समयावधिअनुसार गर्न गराउन आटीजीएस प्रणालीमा आबद्ध सम्पूर्ण सदस्य संस्थाहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ।
राष्ट्र बैंकले गर्मीयाम तथा जाडोयाम र शुक्रबारका दिनका लागि आरटीजीएस कारोबार समयावधि संशोधन गर्दै तालिका सार्वजनिक गरेको छ। अब सोहीअनुसार आरटीजीएस आबद्ध सम्पूर्ण संस्थाले कारोबार गर्नुपर्नेछ।


