Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

३३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

२०७९ बैशाख ४ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा भएको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । बैैंकले उक्त कोषमा भएको ३३ करोड रुपैयाँ मुद्दतीमा राख्न लागेको जनाएको छ । बैंकले वाणिज्य बैंकमा २६ करोड ४० लाख, राष्ट्रिय स्तरका विकास बैंकमा ४ करोड ९५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ६५ लाख रुपैयाँ राख्न लागेको छ ।

राष्ट्र बैंकले उक्त रकम वैशाख ९ देखि २०८० वैशाख ९ गतेसम्मको लागि राख्न लागेको जनाएको छ । त्यसको लागि वैशाख ६ गते ५ बजेभित्र ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ ।

यसका लागि राष्ट्र बैंकले विभिन्न शर्त तोकेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको हुनुपर्ने, खराब कर्जा ५ प्रतिशत वा सो भन्दा कम हुनुपर्ने, सीडी रेसियो बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने लगायतका शर्त राखिएको छ ।