
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कर्जा जीडीपीको आकारमा बढी हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताउनुभएको छ । उहाँले ४२ खर्बको जीडीपीको आकार भएका बेला ४७ खर्बको कर्जा गएको र कर्जा प्रवाह अनुसार अर्थतन्त्र बिस्तार नभएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा बोल्दै उहाँले तरलता बढाउन आयात घटाउनुपर्ने बताउनुभयो । उहाँले व्यापारीहरुले अर्थतन्त्रको सुधारका लागि नैतिकता अपनाए आयातमा कडाइ गर्नु नपर्ने बताउनुभयो ।


