
बैंकिङ खबर/ अर्थमन्त्री जनार्दनले वैदेशिक लगानीले अर्थतन्त्रमा राहत पुग्ने बताउनुभएको छ । शर्मालाई आफूलाई जोडेर एक राष्ट्रिय दैनिकले प्रकाशित गरेको समाचारप्रति ध्यानाकर्षण जनाउँदै उहाँले वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्ने नीतिलाई कार्यान्वयन गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पृथ्वी शाहले अमेरिकाबाट ल्याएको १२ लाख डलरको स्रोत खोज्दै भएको अनुसन्धानमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १७ माघ, ०७८ मा राष्ट्र बैंकलाई पत्र लेख्दै शाहले कसुर अपराध गरेको स्थापित हुने आधार नदेखिई बैंक खाताहरू रोक्का राख्नु नपर्ने देखिएको जनाएको थियो ।
विभागले ११ माघ, ०७८ मा शाहको नाममा रहेका बैंक खाताहरु फुकुवा गर्ने निर्णय गर्दै राष्ट्र बैंक र अन्य बैंकलाई पनि पत्राचार गरेको थियो । तर, विभागको पत्राचारअनुसार बैंक खाताहरू फुकुवा नभएपछि शाहले ११ चैतमा अर्थमन्त्री शर्मा समक्ष निवेदन दिनुभएको थियो ।