Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

भन्सार एजेन्टको परीक्षा बैशाख १७ गते

२०७८ चैत्र २० गते

बैंकिङ खबर/ उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएसँगै रोकिएको भन्सार एजेन्टको परीक्षाको मिति पुनः तोकिएको छ । अदालतले परीक्षा गर्ने बाटो खुला गरेपछि पछिल्लो पटक बैशाख १७ गते शनिबार परीक्षा मिति तोकिएको हो।

विभागले ६ सय ६० जना एजेन्ट थप गर्न परीक्षा गर्ने भएको हो। तर विभागले पटक-पटक परीक्षा गर्ने तयारी गरेपनि विविध कारण रोकिँदै आएको छ।

हाल भन्सार एजेन्टको संख्या न्युन भै दैनिक सेवा प्रवाह कठिन हुँदै आएको छ। यसअघि फागुन २६ गते परीक्षा गर्ने सबै तयारी गरेपनि रोकिएको थियो। विभागका अनुसार अब परीक्षा केन्द्र भने पुनः तोकिने छ। परीक्षामा ९ हजार भन्दा बढी परिक्षार्थीहरुले आवेदन दिएका छन्।