Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सिभिल सहकारीमा तीन अभिनेत्रीको फस्यो ३ करोड !

२०७८ चैत्र १ गते


बैंकिङ खबर/ सभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा नेपालका ३ वरिष्ठ अभिनेत्रीको झण्डै ३ करोड रुपैयाँ फसेको पाइएको छ । उक्त सहकारीबाट कलाकारहरु पीडित भएको भन्दै कलाकार संघले सरकार गुहारेको छ ।

संघले विज्ञप्ति जारी गर्दै वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अञ्जु कारञ्जित लगायतले वचत गरेको रकम उक्त सहकारीमा फसेको र उनीहरुले उक्त संस्थाका सञ्चालक इच्छाराज तामाङ लगायतबाट असुलउपर गराउन माग गर्दै कानुनी उपचारमा गएको उल्लेख गरेको छ ।

सरकारले चासो दिएर पीडितहरुलाई न्याय दिलाउन र दोषीमाथि कानुनी कारबाही गर्न पनि संघले माग गरेको छ । सोही सहकारी संस्थामा भुवन चैत्य बसुन्धरा फाउन्डेसनको अक्षयकोषको रकम पनि राखिएको जनाइएको छ ।

उक्त संस्थाबाट बर्सेनि डेढ लाख रुपैयाँ राशीको पुरस्कार वितरण हुँदै आएकोमा सो पुरस्कार वितरणलाई पनि असर परेको उल्लेख छ । संघका अनुसार तीन अभिनेत्री र फाउण्डेसनको गरी करिब तीन करोड रुपैयाँ उक्त सहकारीमा फसेको छ ।

‘मुलुकका नागरिक एवं चलचित्रकर्मीमाथि परेको आर्थिक पीडालाई समाधान गरी न्याय दिलाउन सम्बन्धित निकायका सबै पक्षसँग हामी जोडदार अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।