
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिन निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत फागुन २० गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको हो ।
योसँगै कुल निक्षेप ४८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । गत फागुन १९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ । यसैगरी यो दिन वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ । गत फागुन १९ गतेसम्म कुल निक्षेप ४३ खर्ब १७ अर्ब रुपैयाँ रहेकोमा फागुन २० गतेसम्म बढेर ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको हो ।
फागुन २० गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ । गत फागुन १९ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा फागुन २० गतेसम्म घटेर ४६ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ । वाणिज्य बैंकहरुको कर्जा लगानी भने यो दिन २ अर्ब रुपैयाँ घटेको छ ।
गत फागुन १९ गते कुल कर्जा लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा फागुन २० मा घटेर ४१ खर्ब ६६ अर्ब रुपैयाँमा झरेको छ । बैंकहरुको औसत सीडी रेसियो पनि घटेर फागुन २० गते ९०.२६ प्रतिशत कायम भएको छ । गत फागुन १९ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.३९ प्रतिशत थियो । फागुन २० गतेसम्म अन्तरबैंक ब्याजदर भने ६.९९ प्रतिशत रहेको छ ।


