
बैंकिङ खबर/ सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको छ । सहकारी विभाग अन्तर्गत सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले सहकारीमा १६ प्रतिशत ब्याजदर तोकेको हो ।
राष्ट्रिय सहकारी महासंघले तरलता अभावका कारण १७ प्रतिशत व्याजदर बनाउन सुझाव दिएपनि व्याजदर निर्धारणका लागि तोकिएको प्राविधिक उपसमितिले दिएको सुझाव र अर्थमन्त्रालय, सहकारी मन्त्रालय लगायतका सहमतिमा १६ प्रतिशत तोकिएको हो ।
सन्दर्भ व्याजदर निर्धाणका लागि बनाइएको प्राविधिक उपसमितिले १६.२२ प्रतिशत बनाउनु उपयुक्त हुने प्रतिबेदन दिएको थियो । लामोसमयदेखि सन्दर्भ व्याजदर परिवर्तन हुन नसक्दा तरलता अभावका कारण सहकारीको रकम बैंकहरुमा गइरहेको गुनासो सहकारीहरुले गरेका थिए ।
सन्दर्भ व्याजदर तोक्नका लागि पटक पटक सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेको भए पनि निस्कर्षमा पुग्न सकेको थिएन । यसअघि सहकारीमा सन्दर्भ व्याजदर १४.७५ प्रतिशत तोकिएको थियो । नयाँ तोकिएको व्याजदर आइतबारदेखि लागु भएको विभागले जनाएको छ ।


