Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अब नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी खल्तीबाट

२०७८ फाल्गुन १५ गते

बैंकिङ खबर/ खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै ल्याएको १०% क्यासब्याक को अफर।

समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउँदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने छ। प्रयोगकर्ताले १०% क्यास्ब्याक (रू.१०० सम्म) पाउनका लागि प्रोमोकोड NATIONAL100 प्रयोग गरि प्राप्त गर्नसक्नेछन्।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ‘खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छ:

‘खल्ती’ एप लग-इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
“नेशनल लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
“DOB” र “Policy Number ” भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्
अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने