
बैंकिङ खबर/ सहकारीको ब्याजदर बढाउनुपर्ने माग राख्दै सहकारीका सञ्चालकहरुले आन्दोलन शुरु गरेका छन् । मंगलबार सहकारी विभागमा बचत तथा ऋण केन्द्रीय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गदै आन्दोलित बनेका हुन् ।
सरकारले अथवा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गरी उपस्थित भएको उनको भनाइ छ । विगतमा जस्तै सहकारीलाई स्वतन्त्र रुपमा चल्ने वातावरण दिने र अर्थतन्त्रको तस्रो पिल्लरलाई सम्मान र प्रमाणित गर्ने गरी साथीहरुको एकतावद्ध सहितको ध्यानाकर्षण छ । हामीले हाम्रो सदस्यबाट बचत संकलन गरेर सदस्यको लागि काम गरेका छौँ ।
त्यसमा हाम्रो माग पुरा हुन्न भन्ने कुरा हुन्छ र जसले गरेको हो त्यसको निकास दिनुपर्ने उनको भनाइ छ । ‘सहकारीको क्षेत्रमा झण्डै ८० हजार यो क्षेत्रमा काम गर्ने प्रत्यक्ष रोजगारीका साथीहरु छन् । सहकारीका प्रत्यक्ष १० लाख सदस्य रहेका छन् ।


