एनआईसी एसिया क्यापिटलले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले रिसर्च अफिसर, एडमिनिस्ट्रेसन अफिसर, पोर्टफोलियो मेनेजर, विजनेस डेभलपमेन्ट मेनेजर÷अफिसर र हेड मर्चेन्ट बैंकिङ माग गरेको हो ।
रिसर्च अफिसरका लागि एक देखि दुई वर्षको अनुभव भएको सीए, एसीसीए, बीबीए अथवा एमबीए गरेको तथा फाइनान्सियल एनालाइसिस र क्यापिटल मार्केट डाटा मेनेजमेन्टबारे जानकारी तथा रुची भएको, फाइनान्सियल मोडलमा काम गर्न सक्ने र एमएस एक्सेल चलाउन जानेको हुनुपर्नेछ ।
एडमिनिस्ट्रेसन अफिसरका लागि फाइनान्समा स्नातकोत्तर, एसीसीए अथवा सीए गरेको आवा गर्दै गरेको, एकाउन्टीङ र फाइनान्स जानेको, एकाउन्टीङ सफ्टवेरमा काम गर्न सक्ने, कर्पोरेट कानुनबारे जानकारी भएको, मानव तथा अन्य संशाधनको व्यवस्थापन गर्न सक्ने हुनुपर्नेछ ।
त्यस्तै, पोर्टफोलियो मेनेजर पदका लागि २ देखि ५ वर्ष अनुभव भएको, सीए, एसीसीए, एमबीए अथवा फाइनान्स वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको, इन्भेष्टमेन्ट एनालाइसिस र मेनेजमेन्टसम्बन्धमा अनुभव भएको, राम्रो वित्तीय क्षमता भएको, ग्राहकसँग डिल गर्न सक्ने, इन्भेष्टमेन्ट बैंकिङबारे अनुभव भएको हुनुपर्नेछ ।
विजनेस डेभलपमेन्ट अफिसरका लागि ३ देखि ८ वर्ष मार्केटिङ अथवा विजनेस डेभलपमेन्टको क्षेत्रमा अनुभव भएको, फाइनान्स, मार्केटिङ या अर्थशास्त्रमा स्नातकोत्तर गरेको अथवा एमबीए गरेको, क्यापिटल मार्केबारे जानेको, विजनेस प्रोपोजल ह्यान्डल गर्न सक्ने, राम्रो विजनेस आइडिया भएको हुनुपर्नेछ ।
त्यसैगरी, हेक मर्चेन्ट बैंकिङका लागि फाइनान्स, मेनेजमेन्ट अथवा मार्केटिङमा स्नातक या स्नातकोत्तर गरेको, ५ देखि ८ वर्षको अवुभव भएको, मर्चेन्ट बैंकिङबारे राम्रो जानकारी भएको, सेक्युरिटिज ल जानेको तथा विजनेस विस्तार गर्न जानेको हुनुपर्नेछ ।
इच्ुक तथा कम्पनीले तोकेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले १६ सेप्टेम्बर अर्थात भदौ ३१ गतेभित्र खबअबलअथ२लष्अबकष्बदबलप।अयm मा इमेलमार्फत आवेदन बुझाउनुपर्नेछ ।





