Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकमा ‘गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग’ स्थापना

२०७८ माघ २१ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ‘गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग’ स्थापना गरेको छ। राष्ट्र बैंकको गत माघ १३ गतेको निर्णयानुसार यो विभाग स्थापना गरिएको हो। यो विभाग फागुन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

राष्ट्र बैंकहरुका अनुसार विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाहरु र हाय पर्चेज कारोबार गर्ने कम्पनीहरुको निरीक्षण, सुपरिवेक्षण र अनगुमनलगायतका सुपरिवेक्षकीय कार्यहरु सम्पादन यो विभागले गर्ने छ।

यसैगरी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट लिमिटेड (एचआईडीसीएल) र राष्ट्रिय सहकारी बैंक लिमिटेडको निरीक्षण, सुपरिवेक्षण र अनगुमनलगायतका सुपरिवेक्षकीय कार्यहरु सम्पादन पनि यही विभागले गर्ने राष्ट्र बैंकले जनाएको छ।