नेपाल राष्ट्र बैंकले जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई तत्काल कारबाही गर्ने बताएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ पारितसँगै केन्द्रीय बैंकको भूमिका अझै सबल भएकाले अब जनताको निक्षेप ठगी गर्ने बैंक तथा वित्तीय संस्थालाई त्यतिकै नछाड्ने राष्ट्र बैंकले बताएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले अब जनतको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई तत्कार कारबाही गर्ने तयारी गरिएको बताए । उनले वित्तीय अनुशासनलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
नाफाका लागि खोलिने निजी कम्पनीले जस्तो जनताको पैसामा खुलेका बैंक तथा वित्तीय संस्थाले गर्न नहुनेतर्फ गभर्नर नेपालले सचेत गराए । ‘जनताको रकम बैंकले सुरक्षित गर्नुपर्छ, अन्यथा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता नै खराब हुन्छ,’



