Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्रियस्तरका विकास बैंकहरूको नाफा १६ दशमलव ८७ प्रतिशतले बढ्याे

२०७८ माघ ११ गते

बैंकिङ खबर/ चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका आठवटा विकास बैंकको नाफा १६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ।

विकास बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका विकास बैंकहरू गरिमा, महालक्ष्मी, लुम्बिनी, मुक्तिनाथ, ज्योति, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा, सांग्रिला डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमाससम्म रू. ३ अर्ब २० करोड १७ लाख नाफा कमाएका छन् । गतवर्षको सोही अवधिमा यी बैंकको नाफा रू. २ अर्ब ७३ करोड ९४ लाख रहेको थियो ।

यी ८ विकास बैंकको नाफामा वृद्धि भएको भए पनि वितरणयोग्य नाफामा भने कमी आएको छ । गतवर्षको दोस्रो त्रैमाससम्मको तुलनामा कामना, ज्योति र मुक्तिनाथको वितरणयोग्य नाफा उच्च दरले घटेकाले ८ विकास बैंकको वितरणयोग्य नाफामा कमी देखिएको हो। यी आठओटा विकास बैंकको गतवर्ष कुल रू. १ अर्ब ७४ करोड ८० लाख वितरणयोग्य नाफा भएकोमा यो वर्ष घटेर रू. १ अर्ब ६९ करोड ८६ लाखमा झरेको छ । यो गतवर्षको सोही अवधिको तुलनामा २ दशमलव ८२ प्रतिशतले कमी हो ।

मुक्तिनाथको नाफा घट्यो
राष्ट्रियस्तरका आठवटा विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने पहिलो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकको नाफा गतवर्षको तुलनामा घटेको छ। यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ। गतवर्षको सोही अवधिमा रू. ६१ करोड ५५ लाख नाफा कमाएको थियो । मुक्तिनाथले ८ विकास बैंकहरूको तुलनामा सबैभन्दा बढी नाफा कमाएको छ। तर, गतवर्ष कमाएको नाफाभन्दा चालू आवमा यो बैंकको नाफा २ दशमलव १४ प्रतिशतले घटेको छ।

दोस्रोमा सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ। गरिमाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म्मा रू. ४९ करोड २९ लाख नाफा कमाएको छ। गतवर्षको सोही अवधिमा यो बैंकको नाफा रू. ३९ करोड ३५ लाख रहेको थियो । गतवर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकको नाफा २५ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ।

महालक्ष्मीको नाफा ३१ प्रतिशतले वृद्धि
महालक्ष्मी विकास बैंकको नाफा गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३१ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ। गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३४ करोड ६८ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकले रू. ४५ करोड ६२ लाख नाफा कमाएको छ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३३ प्रतिशलते वृद्धि
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३३ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ। गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. २६ करोड ११ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ८८ लाख नाफा कमाएको छ।

लुम्बिनी विकास बैंकको नाफा ३४ प्रतिशतले वृद्धि
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा लुम्बिनी विकास बैंकको नाफा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३४ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ। गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. २६ करोड १८ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३५ करोड १७ लाख नाफा कमाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५८ प्रतिशतले वृद्धि
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५८ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ। गतवर्षको दोस्रो त्रैमाससम्ममा रू. १६ करोड ४८ लाख नाफा कमाएको बैंकले चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. २६ करोड १८ लाख नाफा कमाएको छ ।

ज्योति विकास बैंकको नाफा १२ प्रतिशतले वृद्धि
गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा ज्योति विकास बैंकको नाफा १२ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ। गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३० करोड ५५ लाख नाफा कमाएको थियो भने चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ४० लाख नाफा कमाएको छ ।

कामना सेवा विकास बैंकको नाफा करिब १२ प्रतिशतले घट्यो
कामना सेवा विकास बैंकको गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा ११ दशमलव ८९ प्रतिशतले नाफा घटेको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३९ करोड ४७ हजार नाफा कमाएकोमा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ३६ लाख नाफा कमाएको छ ।अभियान दैनिकबाट