Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साधना लघुवित्तद्वारा व्यवसाय प्रवद्र्धन तथा नेतृत्व विकास तालिम सम्पन्न

२०७८ माघ ९ गते


बैंकिङ खबर/ साधना लघुवित्त वित्तीय संस्था लि.ले शाखा प्रमुख र अनुगमन अधिकृतहरुलाई व्यवसाय प्रवद्र्धन तथा नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । माघ ७ र ८ गते सौराहास्थित होटल मोनालिसा सौराहा चितवनमा कार्यक्रम संचालन गरिएको थियो ।

तालिम कार्यक्रमको औपचारिक उद्घाटन वित्तीय संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाले पानसमा दिप प्रजवलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । सहभागीहरुलाई स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्यको बारेमा संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले प्रकाश पारेका थिए ।

कार्यक्रममा नेतृत्व विकास विकास तथा अन्य विषयहरुमा नेपाल जेसिस चितवनका पुर्व उपाध्यक्ष शिव प्रसाद भुषालले सहभागीहरुलाई प्रशिक्षण गरेका थिए । तालिमको समापन कार्यक्रममा चालु वर्ष २०७८।०७९ को अर्ध वार्षिक पौष मसान्तसम्ममा उत्कृष्ट प्रगती हासिल गरेका शाखा प्रमुख र अनुगमन अधिकृतहरुलाई प्रमाण–पत्र सहित सम्मान गरिएको थियो ।

संस्थाले हालसम्ममा हिमाल, पहाड र तराईका गरी ९३ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहँुच ३१ वटा जिल्लाका ९० हजारभन्दा बढी विपन्न परिवारमा पुर्याएको छ । यस अवधीमा संस्थाको लगानीमा रहि रहेको कर्जा ५ अरब तथा सदस्यहरुबाट १ अर्ब २० करोड भन्दा बढि बचत संकलन गर्न सफल भएको छ ।