Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक, वित्तलाई भिडभाड नहुने उपयुक्त तरिका अवलम्बन गर्न काठमाडौं प्रशासनकाे निर्देशन

२०७८ पुष २७ गते

बैंकिङ खबर/ जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै १८ बुँदे निर्देशन जारी गरेको छ। कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरि आदेश जारी गरिएको सूचनामा जनाइएको छ।
सूचनामा बैंक तथा वित्तिय संस्थामा स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रवाह गर्न निर्देशन समेत दिइएको छ । सूचनामा भनिएको छ, ‘सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको बढी चाप हुने कार्यालयहरु (जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, बैंक तथा वित्तिय संस्था आदि) मा भिडभाड नहुने उपयुक्त तरिका सम्बन्धित कार्यालय प्रमुखले अवलम्बन गरी, गराई स्वास्थ्य मापदण्डको पालना हुने गरी सेवा प्रवाहको प्रवन्ध मिलाउने।’

यस अघि सोमबार राष्ट्र बैंकले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न बैंक तथा वित्तिय संस्थालाई दिएको थियो ।

Ad