Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एक सातामै बैंकहरुको निक्षेप ५९ अर्बले बढ्यो, सीडी रेसियो कति ?

२०७८ पुष २६ गते

बैंकिङ खबर/ पछिल्लो एक साता (पुस १७ गतेदेखि पुस २३ गतेसम्म) बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५९ अर्ब रुपैयाँले बढेको छ। गत पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १८ अर्ब रुपैयाँ रहेकोमा बढेर पुस २३ गतेसम्म ४८ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप पनि यो अवधिमा ५९ अर्ब रुपैयाँले नै बढेको छ। गत पुस १६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ रहेकोमा बढेर पुस २३ गतेसम्म ४३ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने ८ अर्ब रुपैयाँले मात्र बढेको छ। योसँगै पुस २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ। गत पुस १६ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो।

वाणिज्य बैंकहरुको पनि यो सातामा कर्जा लगानी ८ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत पुस १६ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा पुस २३ गतेसम्म बढेर ४१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेपमा सुधार आएसँगै बैंकहरुको औसत सीडी रेसियोमा ९० प्रतिशत मुनि झरेको छ। गत पुस १६ गतेसम्म औसत सीडी रेसियो ९०.७६ प्रतिशत रहेकोमा पुस २३ गतेसम्म घटेर ८९.२९ प्रतिशतमा झरेको छ। अन्तरबैंक ब्याजदर ४.९७ प्रतिशतबाट घटेर ३.२४ प्रतिशत आइपुगेको राष्ट्र बैंकले जनाएको छ ।

Ad