
बैंकिङ खबर/ बैंकिङ सेवामा सबै नेपालीको पहुँच सुनिश्चित गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरुप वाणिज्य बैंकहरुले आफ्ना शाखा विस्तारलाई तीव्र बनाउँदै लगेका छन् । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुलेशाखा विस्तार बढाएका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार कुल ७५३ स्थानीय तहमध्ये ०७८ कात्तिकसम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । ०७७ कात्तिकसम्म७४८ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या ०७८ कात्तिक मसान्तमा १२९ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ०७८ असार मसान्तमा १० हजार ६८३ रहेकोमा ०७८ कात्तिक मसान्तमा ११ हजार १२७ पुगेको छ।
राष्ट्र बैंककै एक तथ्यांक अनुसार ६७.३४ प्रतिशत नेपालीहरुको पहुँचमा बैंक पुगेको छ । बैंकले हालै जारी गरेको नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदनमा उक्त तथ्यांक छ ।
नेपालका वाणिज्य बैंकहरुको भिडमा एनआइसी एशिया बैंकले शाखा विस्तारलाई तीव्रता दिँदै आएको छ। जसले ग्राहक वर्गलाई झन् सहज हुँदै गएको छ। बैंकले आफ्ना सेवा सुविधाहरुलाई क्रमिक रुपमा बढाउँदै लगेको पाइन्छ ।
देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने लक्ष्यसहित स्थापना भएको बैंक २४ औँ वसन्तमा हिँडिरहेको छ । पछिल्लो समय एनआइसी एशिया बैंकशाखा विस्तारमा आक्रमक बन्दै आएको छ ।अहिले टोलटोलमाएनआइसी एशियाका शाखा, एटिएम काउन्टर देख्न सकिन्छ ।
एनआइसी एशिया बैंककामुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् यो बैंक बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
२७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान हो ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।
करिब साढे २८ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यस्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
डिजिटल बैंकिङ्गमा पनि अब्बल
डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि एनआइसी एशिया मोबाइल बैंकिङ्ग एप, वेभसाइड, आइ सर्भिस तथा इन्टरनेट बैंकिङमा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा हालै ल्याएको छ ।
यससुविधा मार्फत यस बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआएसी एशिया मोबाइल बैंकिङ्ग एप, आइ सर्भिस, वेभसाइड तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् ।