Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कोभिडले पाठ सिकेका चिनियाँ बैंकवित्त

२०७८ पुष २२ गते

बैंकिङ खबर/ कोभिड–१९ को उद्गमस्थल चीनमा कोभिडपछि अर्थतन्त्र धेरै नै सुस्तायो । चुलिँदो ऊर्जा र विभिन्न औद्योगिक समस्याका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र समस्याग्रस्त बन्यो । जसको प्रत्यक्ष असर बैंकवित्तमा पनि पर्न गयो ।

प्रोपर्टी उद्योगमा समस्या आउँदा यसले निर्माण क्षेत्र, निर्माणजन्य पदार्थ, होम फर्निसिङ उद्योगमा असर गर्याे । प्रोपर्टी उद्योगमा सरकारले अख्तियार गरेको कडा नियम र ऊर्जा संकटका कारण बैंकहरुले समेत आफ्नो वृद्धि प्रक्षेपणलाई घटाउन बाध्य भए । कोभिडले चिनियाँ ठूला राष्ट्रिय बैंकहरूदेखि मझौला तथा साना बैंकहरुमा समेत असर गर्यो । चिनियाँ साना बैंकहरू बढी जोखिममा परे । कमजोर जोखिम व्यवस्थापन र कम पुँजीका कारण उनीहरु संकटग्रस्त हुन बाध्य भए । जसले साना बैंकहरू चीनको वित्तीय प्रणालीको सबैभन्दा कमजोर अवस्थामा आइपुगे । विशेष गरी उनीहरु आर्थिक संकटमा परे ।

अर्कातिर आर्थिक चक्र र महामारीको प्रभावहरूको संयोजनले बैंकहरूको सम्पत्ति पोर्टफोलियोहरूमा ठूलो चुनौती खडा गरेको छ । नियामकहरू र बैंकहरूले भविष्यको दिशाहरू भविष्यवाणी गर्न र व्यापार पोर्टफोलियोहरू चुस्त रूपमा समायोजन गर्न सम्पत्ति, उद्योग र उत्पादनहरूमा लगातार तनाव परीक्षणहरू प्रदर्शन गरेका छन् ।

तर पनि कोभिडपछि चिनियाँ बैंकहरुले डिजिटल व्यापार रूपान्तरणको योजना बनाए । कोभिडका कारण चीनमा पारवहन र उत्पादनबाहेक बैंकिङ क्षेत्र पनि नराम्ररी प्रभावित भयो । ग्राहक प्राप्ति, खुद ब्याज आम्दानी र मध्यवर्ती व्यापार आम्दानीमा ठूलो दबाब पर्दा बैंकका ग्राहकहरू शाखासम्म पुग्न सकेनन् ।

बन्द र कारखानाहरूको सुस्त रिकभरीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बैंकिङ सम्पत्तिको गुणस्तर र कर्पोरेट व्यापार वृद्धिलाईसमेत असर गर्यो । यद्यपि अग्रणी डिजिटल बैंकहरूले यो अवसरलाई एप्स मार्फत अनलाइन सम्पत्ति व्यवस्थापन र ऋण सेवाहरू विकास गर्ने अवसरलाई सदुपयोग गरे । बैंकहरूको अनुभवका आधारमा कोभिडको महामारीमा पनि चीनमा डिजिटलका कारण प्रत्यक्ष रूपमा बैंकले महामारीसँग सजिलै सामना गर्न सफल भए ।

Ad