Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

२०७८ पुष १८ गते

बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा भएकाे  साधारण सभाकाे संचालक समितिका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गरेका थिए । 

उक्त साधारण सभाले चुक्तापुँजीको १९ प्रतिशतले हुने बोनश शेयर तथा कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने लगायतका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

साथै सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालकमा अर्चना प्रधान, शिल्पा प्रधनाङ्गर, निरजा शर्मा सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।