
बैंकिङ खबर/ कोभिड–१९ ले अफ्रिकी देशहरुको आर्थिक गतिविधिमा पनि नराम्रोसँग धक्का दियो । जसले गर्दा यसको असर बैंकवित्तमा पनि परेको देखिन्छ । महामारीले अफ्रिकाको आर्थिक दृष्टिकोणलाई आमूलरूपमा परिवर्तन गरेको छ । कोभिडका कारण यहाँको आर्थिक वृद्धिदर नकारात्मक रहेको छ भने प्रतिव्यक्ति आयमा पनि गिरावट आएको छ । अफ्रिकी देशहरुमा कोरोनाको कारण गरिबीको दर पनि बढको विभिन्न अध्ययनहरुले देखाएका छन् । कोभिड–१९ का कारण २६ मिलियन मानिसहरू गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरिएको छ ।
अफ्रिकी देशहरुमा रहेका बैंक वित्तले कोभिड–१९ को संकटमा वित्तीय स्थायित्व व्यवस्थापन गर्न कदम चालेको पाइन्छ । जसले बैंकिङ प्रणालीमा जोखिमलाई कम गर्न सहयोग गरेको थियो । कोभिडका कारण अफ्रिकी देशहरुमा पनि विभिन्न क्षेत्र र व्यापारिक क्षेत्रका ऋणीहरू प्रभावित भएका छन् । अफ्रिकी मुलुकमा संकटले डिजिटल अर्थतन्त्रका सम्भावनाहरू अगाडि ल्याइएको छ । बैंक वित्त पनि डिजिटलमैत्री हुन पुगेका छन् । तर पछिल्लो समय अफ्रिकी देशहरुबाट फैलिएको ओमिक्रोन भेरियन्टले फेरि एक पटक संसारलाई त्रसित बनाएको छ ।